द्धन्द्धकाे एउटा कारण समयमा काम नहुनु पनि हाे ।

कपिलदेव ढकाल

द्धन्द्धका बहुअायामिक पक्ष मध्ये एउटा पक्ष समयमा काम नहुनु हाे । स‌ंविधाद्धारा राज्यले जनतालाइ माैलिक अधिकारहरु प्रदान गरेकाे हुन्छ ।ती माैलिक अधिकारहरुकाे उपभाेग जनताले बैज्ञानिक समय भित्र गर्न पाउनु पर्छ । राज्यले प्रदान गर्नु पर्ने अाधारभुत अावश्यकता अाैचित्यपुर्ण समयमा हुन सकेन भने द्धन्द्धकाे विजाराेपण हुन पुग्दछ । द्धन्द्धकाे रुप सानाे या ठुलाे जस्ताे पनि हुन सक्छ । समयमा सेवा सुविधा लिन नपाउँदा दिनहुँ सानाे सानाे द्धन्द्ध भएकै हुन्छन । सरकारी निकायहरुमा दिनहुँ समयकाे दुरुपयाेग गरिएकाे देखिन्छ । माअाेवादी जनयुद्धका विभिन्न अायामहरु मध्येकाे एउटा अायाम समयकाे दूरुपयाेग थियाे । जनयुद्धमा शाहादत भएका अधिकाँस युवा युवतीहरु बेराेजगार थिए । विकास निर्माणका कार्यहरु समयमा सम्पन्न गरिएका थिएनन । याे राेग अहिले पनि जिवितै छ । राज्य सेवामुखि भन्दा हाकिमि प्रवृतीकाे थियाे र अहिले पनी छ । अाम जनताले छिटाे छरिताे सेवा लिन घुसकाे भेटि नचढाइ हुदै भएन । अहिले पनि याे प्रवृति कायमै छ । अाम जनताले न माैलिक अधिकारकाे व्याख्या गर्न जानेका हुन्छन न ति अधिकारहरुकाे कानूनी रुपमा प्रचलन गराउने बाटाे पहिल्याउन सक्छन । जनताले अनुभव गर्ने ति अधिकारहरुकाे प्रयाेगबाट हाे । जब अधिकारकाे प्रयाेगमा अवराेध गरिन्छ । अाम जनताले गर्ने विद्राेह नै हाे । स‌ंसारमा भएका विद्राेहकाे ज्वाला युवा शक्ति नै हाे । नेपालकाे द्धन्द्धमा शाहादत भएकाहरुकाे स‌ंख्याले पनि साे कुराकाे पुष्टि गर्दछ । माअाेवादी जनयुद्धलाइ जुनसुकै काेणबाट व्याख्या गर्न सकिएला तर द्धन्द्धमा सामेल भएकाे मनाेविज्ञान राज्यले प्रदान गर्ने सेवा सुविधाबाटं असन्तुष्ट देखियाे । नेपालमा संघियताकाे अवधारणा प्रयाेगमा अाउनुकाे एउटा कारण समयकाे सदुपयाेग हाेला भन्ने नै हाे । लाेकतन्त्र समयकाे बैज्ञानिक वितरण हाे भने निर्धारण गरिएकाे समयमा सेवा सुविधा पाउनु जनताकाे अधिकार हाे । जब जनताले अाैचित्यपुर्ण समयमा माैलिक अधिकारहरुकाे प्रयाेग गर्न पाउदैनन द्धन्द्धकाे विजाराेपण पनि हुन पुग्छ । समयकाे दुरुपयाेग गर्दै नेपाली समय भन्ने स‌ंस्कारले द्धन्द्धपनि निम्त्याइरहेकाे छ ।