राजनीतिकदल राज्यकाे प्रारम्भिक रुप हाे

राजनीतिकदलहरुकाे संरचना   हेर्दा राज्यका तिनवटै अंगहरुकाे मिश्रण देखिन्छ । कार्यपालिकाऽ व्यवस्थापिका र न्यापालिकाकाे अवधारणा राजनीतिकदलहरुमा देखिन्छ । विधान निर्माणऽ कार्यकारी नेतृत्व चयन र अनुशासन उल्ल‌ंघनमा कारवाहि गर्ने व्यवस्था राजनीतिक दलहरुले अभ्यास गरेकाे  देखिन्छ । तर ति अभ्यासहरु बैज्ञानिक समय भित्र गरिएकाे कमै पाइन्छ । राजनीतिकदलहरुमा  अाज पनि केहि नेताहरुकाे बर्चस्व देखिन्छ । प्रंमुख राजनीतिक दलहरुका भातृस‌ंगठनहरुकाे नेतृत्व विकासकाे प्रवृति हेर्दा अाशिर्वाद नमिल्दा सम्म नेतृत्व विकास भएकाे देखिदैन । राजनीतिकदलहरुले स‌ंविधानबादलाइ त मानेकाे देखिन्छ तर दलभित्रकाे संविधानबाद तिरस्कृत भएकाे देखिन्छ । राजनीतिक दलहरुकाे अान्तरिक स‌ंविधानबादलाइ नेता प्रधान बनाइएकाे छ । प्रणाली प्रधान नबनाउदा सम्म नेता प्रधान संविधानबादले लाेकतन्त्रकाे वास्तविक अभ्यास हुन सकदैन ।