लाेकतन्त्रकाे जग न्यायलय हाे

भनिन्छ लाेकतन्त्रकाे सुन्दरता न्यायमा टिकेकाे हुन्छ । यहि सुन्दरतालाइ टिकाइ राख्नकाे लागि अदालतकाे व्यवस्था गरिएकाे हुन्छ । स‌ंसारका मानिसहरुकाे  अाैषत अायु ७० बर्ष ५ महिना रहेकाे कुरा विभिन्न अनुसन्धानहरुले देखाएकाछन् । ७० बर्ष अाैषत अायु भएका जनताले न्याय प्राप्तिका लागि २० अाै बर्ष कुर्नु परेकाेछ । अदालतकाे संरचना अधिकाँस मुलुकहरुमा तिन तहकाे नै देखिएकाे छ । सबै भन्दा माथिल्लाे तहकाे अदालतमा सबैभन्दा कम न्यायाधिश रहेकाे देखिन्छ । स‌ंसारकाे न्यायलयकाे संरचना र काम कारवाहि हेर्दा न्यायकाे लागि न्यायलय हाेइन कि न्यायाधिशकाे लागि न्यायलय बनाइएकाे हाे कि भन्ने प्रश्न गर्ने ठाउँ देखिन्छ । न्यायाधिशकाे संख्या र नियुक्ति जस्ता विषयमा बढि समय बेतित भएकाे दखिन्छ । तर न्यायाधिशकाे स‌ंख्या र नियुक्तिले न्याय प्रदान गर्न सक्याे कि सकेनऽसमिक्षा भएकाे देखिदैन । म्यादऽ हदम्याद र विलम्ब जस्ता विषयमा विश्वभरिका अदालतले लामा लामा सिद्धान्त बनाएका छन् तर म्यादऽ हदम्याद र विलम्ब अदालतकाे लागि पनि बाध्यकारी छ भन्ने सिद्धान्त कतै पढन पनि पाइएकाे छैन । म्यादऽ हदम्याद र विलम्ब जस्ता सिद्धान्त न्यायलयलाइ नलाग्ने र अदालतका सिमित व्यक्तिकाे नियाेजित स्वार्थ पुरा गर्ने साधनकाे रुपमा अदालतलाइ प्रयाेग गर्ने हाे भने सुशासन कायम हुन सक्ने दखिदैन । अदालतलाइ पनि म्यादऽ हदम्याद र विलम्ब जस्ता सिद्धान्त लागु हुनै पर्छ । अदालतले निर्धारण गरिएकाे समयमा न्याय प्रदान गर्न सकेन भने अदालत पनि दण्डित हुनै पर्दछ ।