विकासकाे बाधक समयकाे दुरुपयाेग

विकास निर्माणका परियाेजना सम्पन्न गर्नकाे लागि बजेट अनिवार्य अावश्कता हाे । विकास निर्माणकाे लागि चाहिने बजेट हुँदा हुँदै पनि विकासका परियाेजना ताेकिएकाे समयमा किन सम्पन्न हुन सकेका छैनन् खाेजीकाे विषय हुनै पर्दछ । दिनऽ महिना वा  बर्षमा सकिने विकासका परियाेजनाहरु अनावश्यक रुपमा लम्बाइएका छन् । निर्धारित समयमा नै विकासका परियाेजनाहरु सम्पन्न नहुँदा परेकाे बहुअायामिक असरका साथै राज्यले संकलन गरेकाे राजस्वकाे दुरुपयाेगलाइ हेरेर मात्र बस्न सकिदैन ।