समयकाे बैज्ञानिक वितरण लाेकतन्त्रकाे मुलभुत सिद्दान्त हाे

साेसल इन्जिनियरिड्ग स्कुल नेपाल

लाेकतन्त्रमा समयकाे बैज्ञानिक वितरणलाइ प्रमुख मापदण्ड मानिन्छ ।  हरेक विषय सम्पन्न गर्नकाे लागि बैज्ञानिक समय निर्धारण गरिएकाे हुन्छ । संसारका जुनसुकै लाेकतान्त्रिक संविधानले समयकाे बैज्ञानिक वितरणलाइ अात्मसाथ गरेका छन् ।कानूनी शासनकाे अभ्यास समयकाे वैज्ञानिक वितरण विना हुन सक्दैन । नेपालकाे सन्दर्भमा समयकाे दुरूपयाेग पचिलाे मुद्दा बनेकाे छ । संविधान तथा कानूनले समयकाे दुरूपयाेगलाइ दण्डनिय बनाउन नसकेकाे कारणले समयकाे दुरूपयाेगलाइ नेपाली समयकाे रूपमा चित्रित गरिएकाे छ । समयकाे दुरूपयाेग असभ्यताकाे सूचक, भष्ट्राचारकाे  चिनारी र  विकासकाे अवराेध हाे भनेर स्कुल क्याम्पसमा पठन पाठन गराउन नसक्दा सभ्य जनशक्ति उत्पादनमा अप्ठयाराे परेकाे छ । अाम मनाेविज्ञानले सहजै समयकाे दुरूपयाेगलाइ नेपाली समय भनी स्वीकार गर्नु हामी सबैकाे लागी लज्जाकाे  विषय हाे । राज्यका तिनवटै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले समयकाे मापदण्ड भित्रबाट जनतालाइ सेवा सुविधा दिन सक्नु पर्छ तर त्यसाे हुन सकेकाे छैन । समाजका हरेक क्षेत्रमा समयमा काम नहुने संस्कारले प्रश्य पाएकाे छ । राजनीतिक दलहरूका भातृसंगठनहरूमा समयकाे मापदण्डकाे  अाधारमा नेतृत्व विकास हुन सकेकाे देखिदैन । राज्य संचालनकाे कार्यकारी, विधायिकि र विधि अभ्यास गर्ने संरचनामा भएकाे गैर लाेकतान्त्रिक प्रवृतीले राज्य संचालनकाे लागी तयार हुने नेतृत्वमा समयकाे दुरूपयाेग गर्ने संस्कार विकास गराइ रहेकाे छ । न्यायपालिकाकाे हालत झन जरजर देखिन्छ । वास्तविक न्यायकाे लागि अदालतकाे ढाेका ढकढकाउनेहरूले अनावश्यक हैरानी वेहाेर्नु परेकाे छ । सरकारी  निकायबाट समयमा सेवा सुविधा पाउने कुराकाे कल्पना गर्न पनि अप्ठयाराे पर्ने अवस्था देखिन्छ । राज्यसँग पैसा नभएर नेपाल समृद मुलुक नभएकाे हाेइन । समयमा नै काम गर्नै पर्छ भन्ने व्यवहार नभएकाले देश गरिब भएकाे देखिन्छ । सरकार, संसद, न्यायलय, संविधान, कानून, स्कुल, कलेज, तथा अाम मनाेविज्ञानमा देखिएकाे समयकाे दुरूपयाेग गर्ने प्रवृतिलाइ सुधार गर्नकाे लागि साेसल इन्जिनियरिड्ग स्कुल नेपालले समयकाे जागरण सम्बन्धी विशेष राष्ट्रिय जागरण महाअभियान संचालन गरिरहेकाे छ । याे अभियान हामी सबैकाे अभियान हाे । हामी सबैले समयकाे सदुपयाेग गर्दा नै सभ्य मुलुककाे परिचय निर्माण हुनेछ । यहि विषय नै याे अभियानकाे मुख्य लक्ष्य हाे । अानुहाेस हातेमालाे गराैं । समयकाे सदुपयाेगलाइ नेपाली समय भन्न थालाैं ।